कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

थारु साहित्य मेला

गुलरिया — थारू लेखक संघको आयोजना र जंग्रार साहित्यिक बखेरी तथा कर्मशील नेपालको संयोजनमा शुक्रबारबाट राष्ट्रिय थारू साहित्य मेला सम्पन्न भएको छ । बर्दिया बढैया तालमा सम्पन्न साहित्य मेलाको नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व सचिव सनतकुमार रेग्मीले उद्घाटन गरे ।

मेलामा नेपाल तथा भारतका साहित्यकार, लेखक, पत्रकार, संस्कृतिविद्, अनुसन्धानकर्ता लगायतको उपस्थिति रहेको थियो । मेलामा थारू लेखक कृष्ण सर्वहारीको उपन्यास ‘लालकैनी’, सुशील चौधरीको निबन्ध कृति ‘शब्द संग्राम’, सोम डोमन डौराको कथा संग्रह ‘सौरयाट्स मन’, दुर्योधन चौधरीको लोककथा संग्रह ‘हंसा’ लगायत १३ वटा थारू भाषाका पुस्तक विमोचन गरिएका थिए ।


दुईदिने मेलामा थारू भाषाका कथा, निबन्ध, इतिहासलगायत पुस्तक प्रदर्शनीसमेत गरिए । त्यस्तै, मेलामा थारू लोक साहित्य, महिला लेखन, नेतृत्व, सरकारी कामकाजमा थारू भाषाको चुनौती र सम्भावना विषयक छलफल भएको आयोजक समितिका संयोजक सुशील चौधरीले बताए । बहुभाषिक कवितावाचन, थारु लोककला दर्शन, पुस्तक प्रदर्शनी, सडक नाटक र चलचित्र प्रदर्शन समेत मेलामा गरिएका थिए ।

प्रकाशित : माघ ७, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?