बद्री र देवकी सँगै

कान्तिपुर संवाददाता

काठमाडौँ — हरेक महिनाको पहिलो दिन लुनकरणदास–गंगादेवी साहित्य कला मन्दिर र सर्वनाम थिएटरले गर्दै आएको ‘हामी : कवि र कविता’ को ५४ औं शृंखलामा कविद्वय बद्री भिखारी र देवकी अभिलाषी प्रस्तुत भए । 

बद्री र देवकी सँगै

‘ऐना’ कविताबाट प्रस्तुति थालेका बद्रीले ‘जब म पहाड सम्झन्छु’ ‘जस्तो जस्तो’, ‘साँच्चि तपाईंको छोरो भेट्नुभो ?’, ‘मेनकाको डायरी’, ‘सिरहा’, ‘तिमीले राम्रो भनेपछि’ कविता सुनाए ।

दोस्रो चरणमा प्रस्तुत भएकी कवि देवकीले ‘यो सहरलाई म प्रेम गर्छु’ कविता सुनाउँदै काठमाडौंलाई गाली गर्नेहरूमाथि चोटिलो प्रहार गरिन् । त्यसपछि उनले ‘आधुनिक दास’, ‘प्रेम उत्सव’, ‘मरुभूमिबाट’, ‘वनमान्छे’, ‘समयकी नायिका’, ‘पसिनाको रंग’, ‘आँसुको सौन्दर्यशास्त्र’ र ‘प्रेमको अन्तरिक्ष’ कविता सुनाइन् ।

प्रकाशित : फाल्गुन २, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?