१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिर्जनालय सुरु

कान्तिपुर संवाददाता

बनेपा — काभ्रेका स्रष्टाहरूले नियमित रचना वाचन शृंखला ‘सिर्जनालय’ सुरु गरेका छन् । अक्षरमार्ग सिर्जना समूहले थालेको मासिक शृंखलाको पहिलो संस्करणअन्तर्गत शनिबार कवि सूर्यप्रसाद लाकोजू प्रस्तुत भए ।

उनलाई सुन्न २ सय रुपैयाँको टिकट काटेर साहित्य पारखी ज्ञान विकास पुस्तकालयको सभाकक्षमा पुगेका थिए । लाकोजूले देशप्रेम, सामाजिक विसंगति, प्रेम–प्रणयलगायत विषयका आधा दर्जन कविता, डेढ दर्जन मुक्तक, आधा दर्जन गीत र केही हाइकु सुनाउन भ्याए । कार्यक्रममा डा. राजेन्द्र कोजू, शंकर भारती, रवीन्द्र हाशिष शैली लगायतले लाकोजूका सिर्जना प्रस्तुत गरेका थिए ।

प्रकाशित : फाल्गुन २, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?