१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘प्रेम फेसन हैन’ 

प्रणय दिवस
भ्यालेनटाइन डेको दिन लेक साइड घुम्न जाने हो भने त्यहाँ थुप्रै जोडीहरू भेटिन्छन् । तर तीमध्ये कतिले गहन प्रेम गर्छन् होला ?
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रेम शब्द नै आफंैमा व्यापक शब्द हो । कसैभित्र प्रेमको भावना उत्पन्न छ भने त्यो ठूलो कुरा हो । प्रेम गहन संवेदनाको कुरा पनि हो । विपरीतलिंगप्रति आकर्षित हुनु स्वाभाविक हो । तर सबै प्रेमका कथाहरू साँचो प्रेमका कथाहरू हुन सक्दैनन् । 

‘प्रेम फेसन हैन’ 

१०/१५ वर्षयता व्यापक रूपमा व्यावसायिक र सांस्कृतिक रूपमा भ्यालेनटाइन डे भित्रिएको छ । पहिले फाट्टफुट्ट मात्रै सुनिन्थ्यो, मनाउने चलन थिएन । तर यो किशोरकिशोरीहरूको आकर्षणको विषय र रुचि भएकोले होला, एक्कासि मौलायो । डेटिङ जाने, गिफ्ट, कार्ड दिनेजस्ता कार्यहरू ह्वात्तै बढे । यसले सांस्कृतिक पक्षलाई त प्रहार गरेकै छ भने अर्काेतिर नजानिँदो रूपमा व्यवसाय पनि चलाइरहेका छन् । पछिल्लो समय त फेसनको रूपमा विस्तार भएको छ ।

प्रेम भनेको फेसन हैन । र, यो हुनु पनि हुँदैन । म अहिले पोखरामा छु । भ्यालेनटाइन डेको दिन लेक साइड घुम्न जाने हो भने त्यहाँ थुप्रै जोडीहरू भेटिन्छन् । तर तीमध्ये कतिले गहन प्रेम गर्छन् होला ? आजभोलि एक जनालाई प्रेम गर्छु भनेर केही कुरा मिलेन भने केही दिनपछि अर्काेसँग प्रेम गर्छु भन्दै हिँड्छन् । बजारमा किनेर नयाँ लुगा फेरेजस्तो होइन प्रेम । भौतिक आवश्यकता वा खाना खाएजस्तो होइन प्रेम ।

प्रेमको नाममा गरिएका सन्दर्भहरू कति गहन, कति महान् छन् भन्ने हेर्नुपर्ने हुन्छ । झूटो प्रेमको खेती गरेर नेपाली चेलीलाई मुम्बईका कोठीमा बेचिएको घटना पनि बिर्सन सकिन्न । सरल स्वभावको विश्वास गरेर अरूको जिम्मामा सबै सुम्पिदिनु प्रेम हुन सक्दैन । प्रेमको नाममा अपवादजन्य घटनाहरू घटिरहेका छन् । प्रेमको नाममा फेसन जस्तो भइरहेको छ । अहिले पहिलो प्रेम, दोस्रो प्रेम, तेस्रो प्रेम भनेको सुन्छु । प्रेम जहिले पनि पहिलो नै हुन्छ । प्रेम दोस्रो, तेस्रो पटक हुन्छ भन्नेमा म विश्वास नै गर्दिनँ । हो, विवाह पहिलो, दोस्रो, तेस्रो पटक हुन सक्छ । किनकि यो सामाजिक, पारिवारिक रूपमा आवश्यक कुरा पनि हो । प्रेम नितान्त भावनात्मक र सबैभन्दा पवित्र कुरा हो ।

प्रकाशित : फाल्गुन २, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?