१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रगतिको दोस्रो उपन्यास 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रगति राई दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ लिएर आएकी छन् । शुक्रबार राजधानीमा कवि विप्लव प्रतीक, संगीतश्रोता, लेखक उज्ज्वल प्रसाईं, सञ्चारकर्मी नितु पण्डित, विजया केसीलगायतले पुस्तक लोकार्पण गरे । 

प्रगतिको दोस्रो उपन्यास 

प्रकोपपछि घरपरिवार गुमाएको पात्रमा देखिएको मृत्योन्मुख मनोदशामा लेखकले जीवन भरेर पुन: जीवनबोधको चेतना भरेको प्रसाईंले बताए । भूकम्पको पृष्ठभूमिमा रहेर त्यसपछिको त्रास, सामाजिक संरचनामा देखिएको असरलाई लेखकले सबल तरिकाले उठाएको कवि विप्लवले बताए । उनले भने, ‘जस्तोसुकै आपतवपत्मा पनि सबै वर्गका मानिस एकै तहमा आइपुग्छन् र तिनका मानवीय संवेदना समान बन्छन् भनेर उपन्यासमा सूक्ष्म तरिकाले खोतलिएको छ ।’

उपन्यासमा सिन्धुपाल्चोकको कथा रहेको लेखक राईले बताइन् । भनिन्, ‘निराशा बिर्सिएर जीवनको उज्यालो पक्षतिर अघि बढ्नुपर्छ भनेर उज्यालो देखाउन खोजको छु ।’ यसअघि राईको कविता संग्रह ‘बादी विज्ञप्ति’ र उपन्यास ‘लेखककी स्वास्नी’ प्रकाशित छन् । उपन्यास इन्डिगो इन्कले छापेको हो ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?