कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

काँठमाथि अर्को कृति

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘प्रेतकल्प’ र ‘वृषभ वध’ उपन्यासमा काँठको विषय उठान गरेका कवि, आख्यानकार, राजनीतिक टिप्पणीकार नारायण ढकालले काँठकै विषय समेटेर ‘हजार माइलको बाटो’ उपन्यास ल्याएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा योजनाविद् पीताम्बर शर्मा र साहित्यकार आहुतिले उपन्यासको लोकार्पण गरे । 

काँठमाथि अर्को कृति

कृतिबारे बोल्दै शर्माले ढकाललाई ‘काठमाडौं उपत्यकाको काँठको विषयमा लेख्ने सबैभन्दा विशिष्ट आख्यानकार’ का रूपमा लिए । ढकालले आफ्नो कृतिमा काँठको मनोविज्ञान, समाज, अर्थनीति, परिवर्तन, पीर, पीडा, कुण्ठाहरूको गतिलोसँग प्रखर रूपमा अभिव्यक्त गर्ने उनले बताए । ‘काँठ उपेक्षित छ । काँठलाई गाउँ र सहरले उपेक्षा गरेको छ । ढकाल काँठप्रति समर्पित स्रष्टा हुन्,’ उनले भने, ‘सदियौँदेखि काँठका बाहुन र दलितबीचको अन्योन्याश्रित परिस्थिति, खाडल र गहिराइलाई ढकालले उपन्यासमा अभिव्यक्त गरेका छन् ।’ ढकालमा इतिहास बोधको सचेतना बढी रहेको दाबी गरे । युगका बागीहरूलाई नायकका रूपमा प्रस्तुत गर्ने ढकालको विशेषता रहेको उनले सुनाए । भने, ‘यस्तो कमै नेपाली स्रष्टाले गरेका छन् ।’


उपन्यासमा माओवादी जनयुद्धको कथा समेटिएको उनले जनाए । चरित्र निर्माण, शैली, समाजशास्त्र, राजनीतिक सारलाई हेर्दा काँठको समग्र जनजीवन उपन्यासमा नसमेटिएको आहुतिको टिप्पणी थियो । ‘काँठमा खस, नेवार र जनजातिको बसोबास छ । उपन्यासमा काँठको उपाध्याय ब्राम्हणको जीवन राम्रोसित आएको र अरू दुई हराएको छ,’ उनले भने, ‘समाजशास्त्रीय कोणबाट काँठको प्रतिनिधिपात्र आयो भन्न गाह्रो छ ।’


कार्यक्रममा लेखक ढकाल र पत्रकार शिखर घिमिरेबीच अन्तक्र्रिया पनि भएको थियो । अन्तक्र्रियाका क्रममा ढकालले ‘हरेक लेखकको सीमा हुने र जुन धेरै बुझेको छ, त्यही लेखेको’ बताए । यो कृति बायोग्राफिकल उपन्यास नभएको बताए । ‘मेरो जिन्दगीका अनुभवहरू राखेको छु । तर म नै पात्रको

रूपमा आएको छैन,’ उनले भने, ‘लेखकले आफूलाई लेख्न नहुने पनि हैन, लेखियो भने पूर्णता हुनुपर्छ जस्तो लाग्छ ।’

प्रकाशित : फाल्गुन ६, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?