कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खतिवडाको ‘समाजवादको यात्रा’ 

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडा ‘समाजवादको यात्रा’ कृतिसहित आएका छन् । ६ खण्डमा विभक्त उक्त पुस्तकमा माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको आलोचनात्मक अध्ययन र विश्लेषणसहित जबज र बीपी विचारधारासम्मको विश्लेषण र व्याख्या गरिएको खतिवडाले जनाए । 

समाजवादी विश्व राजनीतिक विकासक्रम र त्यसले नेपाली राजनीतिलाई पारेको प्रभाव र अपेक्षासमेत पुस्तकमा विश्लेषण गरेको लेखक खतिवडाले जनाए ।


‘राजनीतिक निबन्ध राजनीतिक विचारमाथिको शुद्ध शास्त्रीय चिन्तन होइन र हुन

सक्दैनथ्यो,’ उनले भने, ‘तर विचार र व्यवहारबीचको दूरीलाई कसरी लिने ? विचार ठीक हुँदाहुँदै पनि व्यवहारमा विचलन भएको अर्थमा लिने वा व्यवहारको विचलनले विचार नै गलत सावित भएको अवस्थामा लिने ? पुस्तकमा यो जटिलतालाई आफ्नो कोणबाट हेरेको छु ।’


पुस्तक सांग्रिला बुक्सले छापेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?