कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार स्रष्टालाई मातृभाषा साहित्य पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — यो वर्षको ‘मातृभाषा साहित्य पुरस्कार’ चार मातृभाषी युवा स्रष्टालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा बुधबार उक्त पुरस्कार प्रदान गरिएको हो ।

चार स्रष्टालाई मातृभाषा साहित्य पुरस्कार

सरकार मातहत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले तीन वर्षपछि उक्त पुरस्कार प्रदान गरेको हो ।


पुरस्कृत हुनेमा मगर भाषाकी कवि हेमा आलेमगर (नवलपरासी), बान्तावा भाषाका कवि निराजन बतास (भोजपुर), चाम्लिङ भाषाका कवि तिलक चाम्लिङ (खोटाङ) र ताजपुरिया भाषाका कवि तेजेन्द्र ताजपुरिया छन् । उनीहरुलाई जनही ३० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् ।


समारोहमा युवा भाषाशास्त्री डा. तारामणि राईले ‘मातृभाषा प्रयोग र विस्तार’ विषयक प्रवचन प्रस्तुत गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?