कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपाध्यायलाई युद्धप्रसाद मिश्र पुरस्कार

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको युद्धप्रसाद मिश्र स्मृति पुरस्कार लेखक, दर्शनशास्त्री एवं समालोचक गोपीरमण उपाध्यायले पाएका छन् । कवि युद्धप्रसाद मिश्रको २८ औं स्मृति दिवसको अवसरमा राजधानीमा उपाध्यायलाई २० हजार रुपैयाँ र ताम्रपत्रसहितको पुरस्कार दिइयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपाध्यायलाई पुरस्कार हस्तान्तरण गरे । 

उपाध्यायलाई युद्धप्रसाद मिश्र पुरस्कार

खनालले प्रगतिशील कवि युद्धप्रसादको योगदानबारे चर्चासमेत गरे । मिश्रजस्ता स्रष्टाकै योगदानले गर्दा मुलुकले गणतन्त्र देख्न पाएको खनालले दाबी गरे । ‘प्रज्ञा प्रतिष्ठानको जागिरे बनाइदिन्छु भन्ने प्रलोभनसमेत लत्याएर उहाँले आन्दोलनलाई साथ दिनुभएको थियो,’ खनालले भने ।


मिश्रका छापिन बाँकी कृतिहरूलाई छाप्ने र मिश्रबारे डकुमेन्ट्रीसमेत बनाउने तयारी भइरहेको युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष एवं कवि अनिल पौडेलले बताए ।


पुरस्कार ग्रहण गरिसकेपछि उपाध्याय कुनै समय मिश्रसँग बनारसमा सँगै बिताएका क्षणहरू सम्झिएर भावुक बने । ‘उहाँ नि:स्वार्थी, त्यागी र क्रान्तिकारी हुनुहुन्थ्यो,’ उनले भने, ‘साहित्य लेखनमा अरूलाई पनि उहाँले धेरै प्रोत्साहन गर्नुभएको छ ।’

प्रकाशित : फाल्गुन १०, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?