२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुवाल रहेनन्

कान्तिपुर संवाददाता

काठमाडौँ — बाल साहित्य लेखक कृष्णप्रसाद दुवालको ७८ वर्षको उमेरमा निधन भएको छ । काभ्रे बनेपाका दुवालको बुधबार साँझ भक्तपुरस्थित सहारा केयर सेन्टरमा निधन भएको हो । 

बाल कविताका दर्जनभन्दा बढी कृति प्रकाशित गरेका दुवाल काभ्रेबाट प्रकाशित पहिलो साहित्यिक मासिक पत्रिका ‘चिराग’ का सम्पादकसमेत थिए । ‘२०१६ सालमा उहाँले ‘चिराग’ को पहिलो अंक निकाल्नुभएको थियो,’ दुवालका भाइ एवं साहित्यकार मोहन दुवालले भने, ‘त्यो समयदेखि पञ्चायतको अन्तिम समयसम्म उहाँ निरन्तर सक्रिय हुनुहुन्थ्यो ।’

नेपाल भाषामा समेत उनले कविता, कथा र निबन्धका दर्जन कृति निकालेका थिए । ‘श्यामप्रसाद शर्मा, भवनी घिमिरे, रमेश विकलहरू उहाँकोमा आइरहनुहुन्थ्यो,’ मोहनले भने ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?