कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

काव्य मुशायरामा नवराज र यात्रीप्रकाश

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चारकर्मी, कवि नवराज लम्साल र गजलकार यात्रीप्रकाश पाण्डेले साहित्यको क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । काव्य मुशायराको दसौं शृंखलामा उनै लम्साल र पाण्डे गुन्जिए । 

पहिलो चरणमा लम्सालले ‘कविताको घोषणापत्र’ र ‘वेश्यागमन’ कविता सुनाए । पाण्डेले भने ‘तिर्खा पिइरहन्छन् फाँटहरू...’, ‘सुनले भन्छ...’, ‘धन हुनेले...’, ‘किन्न पनि मिल्ने...’ गजल सुनाए ।

लम्सालले ‘माया र घृणा’, ‘३० वर्षपछि...’, ‘मायाको शृंखला’ र ‘काँडा बिझेको छ’ छन्द कविता सुनाए ।


पाण्डेले ‘मेरै बाटो काटी हिँड्छ अवसर कहाँको लागि’, ‘यो जिउँदो शरीर देश र दुश्मनको लागि’, ‘पूरा पनि अटाएनन्’, ‘काटिने र काट्ने दुवैको नाश हुन्छ’, ‘तिमीलाई मात्रै सँधै अघिअघि राखियो’, ‘पीडा नै पीडा थपिए’, ‘कोही टाढिरहेछ’, बनाउनेले बनाइदियो नालायक के लाग्छ’ सुनाएका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?