कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

होमस्टे सिर्जना

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो समय नेपाली गाउँघरमा होमस्टे फस्टाउँदै गइरहेको छ । बेलायत बस्दै आएका लेखक होम परिवागले भने राजधानीकै छेउ गोदावरीमा होमस्टे सञ्चालनमा ल्याएका छन् । शान्त वणतावरणमा ध्यान केन्द्र सहितको सुविधामा उनले साहित्यकार, चित्रकार र फिल्मकर्मी केन्द्रित गरेर होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

‘द ब्रिट’ नाम दिइएको होमस्टेमा वरिपरिका दृश्य हेर्दै चित्र कोर्ने ‘रुफटप ओपन स्टुडियो’ समेतको व्यवस्था छ । शनिबार जरा फाउन्डेसन र नेपाली कला साहित्य डट कम फाउन्डेसनको संयोजनमा द ब्रिटमा कवि गोष्ठी गरियो । कवि तुलसी दिवस, उषा शेरचन, अशेष मल्ल, विप्लव प्रतीक, मोमिला, राजेन्द्र सलभ, माया ठकुरी, भागिरथी श्रेष्ठ, स्वप्निल स्मृति, श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती लगायतले आफ्ना सिर्जना सुनाए ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?