१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई स्रष्टाको सम्मान

रामरञ्जन पौडेल

काठमाडौँ — तोयनाथ पाण्डेय पशुपतिकुमारी साहित्यिक पुरस्कार समर्पण समितिले दुई स्रष्टालाई सम्मान गरेको छ । 

दुई स्रष्टाको सम्मान

तोयनाथ पाण्डेय साहित्यिक पुरस्कारबाट गोरखाका कवि सीताराम अधिकारी सम्मानित भएका छन् । यस्तै ऋषिकेश शर्मा सामाजिक अभियन्ता पुरस्कारबाट डा. सुवास घिमिरे सम्मानित भएका हुन् । दुवै पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ । डा जगमान गुरुङले स्रष्टालाई सम्मान गर्दै कवि अधिकारी र सामाजिक अभियन्ता घिमिरेको प्रशंसा गरे ।


प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा हरिप्रसाद पाण्डेयको १७ औं कृति 'पहिरोले पुरिएको मान्छे' उपन्यासको लोकार्पण गरिएको थियो । कृतिको समीक्षा भागवत ढकाल, लेखप्रसाद निरौला र केशव सुवेदीले गरेका थिए ।

प्रकाशित : चैत्र २, २०७४ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?