२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

निशाचरी उपन्यासको विमोचन

काठमाडौँ — निशाचरी नामक उपन्यासको विमोचन गरिएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित समारोहमा नवोदित लेखक शम्भूप्रसाद गौतमद्वारा लिखित उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गरे ।

निशाचरी उपन्यासको विमोचन

पुस्तकमा नगरबधुका कथा-व्यथा समेटिएको छ ।


विमोचन समारोहमा कुलपति उप्रेतीले नेपालमा पुस्तक पढ्ने बानीको विकास भएकोले पुस्तकको बिक्री वितरण राम्रो हुँदै गएको चर्चा गर्दै लेखक रचनाकारहरुलाई प्रकाशन गृहहरुले यथोचित सम्मान र साथ दिनुपर्ने बताए । साहित्य तथा रचनाहरुको सिर्जना, प्रकाशन र पाठन गरी तीन श्रृंखला हुने र त्यसमा सबैले आफ्नो भूमिका निर्वाह गर्दा सर्जक र प्रकाशक एवं पाठक सबैलाई यथोचित न्याय हुने बताए ।


कार्यक्रममा कवि एवं आख्यानकार अभय श्रेष्ठले प्रस्तुत उपन्यास आफूले सम्पादन गर्न पाउँदा खुसी लागेको बताए । लेखकको पहिलो प्रयास भए पनि यसमा हाम्रो वर्तमान समाजको ऐनाको रुपमा पुस्तक पाठकहरुको हातमा आएको उल्लेख गरे ।


प्रकाशित : चैत्र २, २०७४ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?