३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ज्योतिका कथा

काठमाडौँ — कवि ज्योति जंगल कथाकार छविमा आएकी छन् । उनको पहिलो कथा संग्रह ‘छाया’ बजारमा आएको छ ।

ज्योतिका कथा

सर्वनाम थिएटरमा शनिबार उक्त कृतिको लोकार्पण र अन्तक्र्रिया गरियो । समालोचक महेश पौडेल, पत्रकार राजकुमार बानियाँ, निबन्धकार कुमारी लामा र ज्योतिबीचको अन्तक्र्रियालाई कवि बाबु त्रिपाठीले सहजीकरण गरेका थिए ।


अहिलेको कथा लेखन ढाँचा यथार्थपरक, प्रयोगात्मक र मनोविज्ञान शैलीतर्फ देखिएको उल्लेख गर्दै लामाले ज्योतिको कथा लेखन विशुद्ध सामाजिक यथार्थ धारमा रहेको बताइन् । ‘ज्योतिले संघर्ष गर्दागर्दै बीचैमा थाकेका पात्रको मनोविज्ञान समेट्नुभएको छ,’ उनले भनिन्, ‘खासगरी नारी पात्रहरू परिवर्तनको कुनै पाटो नखोतली यत्तिकै जे छ त्यसैमा मौन रहेका छन् ।’ बानियाँले ज्योतिका कथाका पात्रहरू दु:खैदु:खमा हुर्किएका र ज्योतिले जीवनमा सुख पनि छन् भन्ने कुरालाई महत्त्व नदिएको टिप्पणी गरे । पौडेलले बानियाँको टिप्पणीको खण्डन गर्दै एउटा लेखकले समाजका सबै पाटामा एकैचोटि कलम चलाउन नसक्ने बताए । उनले भने, ‘ज्योतिले समाजको अँध्यारो पक्षमा आफ्नो सिर्जना गर्नुभएको हुँदा त्यही नै यो कृतिको मुख्य विशेषता हो ।’


ज्योतिले पात्रहरूलाई क्रान्तिकारी बनाउने नाममा यर्थाथभन्दा बाहिर उठेर स्वैरकल्पनाका साहित्य लेख्न आफूलाई उचित नलागेको बताइन् । भनिन्, ‘मेरो कथा संग्रह समाजको यर्थाथ स्विकार्नेहरूका लागि हो ।’


सांग्रिला बुक्सले प्रकाशन गरेको संग्रहमा ११ कथा छन् ।

प्रकाशित : चैत्र ४, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?