कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटा प्रतिभा पुरस्कार

पुरस्कार

धनकुटा — साहित्य, गायन, खेलकुद र पत्रकारिता क्षेत्रमा संलग्न चार जनालाई धनकुटा प्रतिभा पुरस्कार कोषले सम्मान गरेको छ ।

धनकुटा प्रतिभा पुरस्कार

वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, लोकगायक तुलसी पराजुली, पत्रकार सञ्जय सन्तोषी राई र तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्णपदक विजेता सुनीता तामाङलाई ‘धनकुटा प्रतिभा पुरस्कार’ बाट सम्मान गरिएको हो । हालै आयोजित समारोहमा चारै जनालाई जनही १५ हजार रुपैयाँ र सम्मान पत्र हस्तान्तरण गरियो ।

२०६४ मा स्थापित कोषले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका जिल्लाका व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । समारोहमा उच्च न्यायाधीशहरू श्रीमणकुमार गौतम र तेजनारायणसिं राई, प्रदेशसभा सदस्य निरन राई, प्रजिअ प्रेमप्रकाश उप्रेती, एसएसपी गणेश ठाडा मगर, धनकुटा सेवा समाज गोर्खा सैनिक बेलायत च्याप्टर अध्यक्ष पूर्णकुमार लिम्बू लगायत सहभागी कार्यक्रममा मुकुन्द प्रयास, केजी सुब्बा, रोशन परियार, रोजा नानु लगायतले कविता वाचन पनि गरे ।

प्रकाशित : चैत्र २६, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?