बखतको उपन्यास

काठमाडौँ — आख्यानकार बखतबहादुर थापा नयाँ उपन्याससहित आएका छन् । ‘जङ्गेको डायरी’ हालै सार्वजनिक भएको हो ।

बखतको उपन्यास

उक्त उपन्यास प्राविधिक कथामा बुनिएको छ । कम्प्युटर प्राविधिकसमेत रहेका थापाले तिनै विषयलाई केही अनुभव र केही कल्पनाको जलप लगाएर तयार पारेका हुन् । ‘यसअघि यस्तै विषय समेटिएको उपन्यासलाई पाठकहरूले मन पराउनुभएकाले यसमा क्षेत्र प्राविधिकै भए पनि अलिक फरक विषयको उठान गरेको छु,’ थापाले भनेका छन्, ‘पाठकले त्यस्तै माया दिनुहुन्छ भन्ने विश्वास छ ।’


दैलेखमा जन्मेका र काठमाडौंलाई कर्मक्षेत्र बनाएका थापाका यसअघि ‘परदेश,’ ‘कुहिरो र काग,’ ‘कालचक्र’ र ‘जङ्गे’ गरी चार उपन्यास आइसकेका छन् । यस्तै, ‘आघात’ र ‘कम्प्युुटर आतङ्क’ गरी दुई कथा संग्रह निस्केका छन् । ‘जङ्गेको डायरी’ साझा प्रकाशनले छापेको हो ।

प्रकाशित : वैशाख ५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?