१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पारिजात सम्मानको घोषणा

रासस

काठमाडौँ — पारिजात स्मृति केन्द्रले पारिजात सम्मान (२०७४) को घोषणा गरेको छ । प्रसिद्ध साहित्यकार पारिजातको २४औँ स्मृति दिवसका अवसरमा केन्द्रले बुधबार यहाँ आयोजना गरेको एक कार्यक्रममा सम्मान पाउनेहरुको घोषणा गरेको हो ।

पारिजात सम्मानको घोषणा

पारिजात सिर्जना सम्मानबाट समालोचक डिआर पोखरेल, पारिजात संघर्षशील नारी सम्मानबाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मानबाट शान्तकुमार राई (मरणोपरान्त) र पारिजात बाल साहित्य सम्मानबाट प्रभात सापकोटा सम्मानित हुनेछन् ।


कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पारिजात सशक्त लेखक भएको र उनको बहुआयामिक व्यक्तित्व सम्मान गर्नलायक भएको बताए ।


प्रकाशित : वैशाख ५, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?