वैरागी काइँला र वैद्य पुरस्कृत

विराटनगर — बबरसिंह थापा सेवा गुठीले वरिष्ठ कवि वैरागी काइँला र कवि विमल वैद्यलाई पुरस्कृत गरेको छ । शनिबार आयोजित कार्यक्रममा ५१ हजार रुपैयाँसहितको देवकुमारी थापा स्मृति सम्मानबाट साढे ५ दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय काइँलालाई पुरस्कृत गरियो ।

वैरागी काइँला र वैद्य पुरस्कृत

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनारायण श्रेष्ठ, भाषाशास्त्री बालकृष्ण पोखरेल र गुठीका अध्यक्ष कविराज न्यौपानेले दोसल्ला ओढाएर नगदसहित ताम्रापत्र प्रदान गरे । यसअघि यो सम्मानबाट इन्द्रबहादुर राई, मदनमणि दीक्षित, सत्यमोहन जोशी, दुर्गालाल श्रेष्ठ, बालकृष्ण पोखरेललगायत साहित्यकार पुरस्कृत भएका छन् ।


यस्तै २५ हजार राशीको ‘बबरसिंह थापा स्मृति सम्मान’बाट कवि वैद्य सम्मानित भए । उनी इलाममा रहेर ३ दशकभन्दा लामो समयदेखि कविता लेखनमा सक्रिय छन् । यसअघि डा. नवराज सुब्बा, मोमिला, प्रमोद प्रधानलगायतले यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित : वैशाख ८, २०७५ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?