चार स्रष्टालाई सावित्री गोपाल स्मृति पुरस्कार 

विराटनगर — सुनसरीको इनरुवामा रहेको सावित्री गोपाल स्मृति ट्रष्टले ४ जना स्रष्टालाई सम्मान तथा नगद १०/१० हजार पुरस्कार प्रदान गरेको छ । 

चार स्रष्टालाई सावित्री गोपाल स्मृति पुरस्कार 

साहित्यतर्फ कवि कुन्ता शर्मा, संगीत तथा गायनमा आनन्द कार्की, पत्रकारितातर्फ कान्तिपुरकर्मी वेदराज पौडेल र उपन्यासकार डिआर उपाध्यायलाई सम्मान तथा पुरस्कार दिइएको हो । सम्मान तथा पुरस्कार भाषाविद् प्रा.डा. टंक न्यौपानेले वितरण गरेका थिए ।

गीतकार तथा ट्रष्टका अध्यक्ष रोशन भट्टराईले आफ्ना मातापिताको नाममा स्थापित सावित्री गोपाल स्मृति प्रतिष्ठानबाट प्रत्येक वर्ष साहित्य, संगीत र पत्रकारिताको माध्यमबाट समाजलाई उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गरिँदै आएको छ । यस वर्ष पाँचौ श्रृंखलाका लागि छनौट समितिले गरेको छनौटका आधारमा चार ब्यक्तिलाई सम्मान गरिएको उनले बताए ।


कार्यक्रममा पूर्वसभासद रेवतीरमण भण्डारीले इनरुवामा रहेको प्रतिष्ठानले साहित्यको क्षेत्रमा गरिररहेको योगदानको चर्चा गर्दै सम्मानित हुनेहरु समाजका निखारिएका ब्यक्तित्व भएको टिप्पणी गरे । सम्मानित कवि कुन्ता शर्माले पहिले आफू सहभागीका रुपमा भाग लिँदै आएको तर यस पटक सम्मानित हुन पाउँदा खुसी लागेको बताइन् ।

इनरुवाका मेयर राजन मेहताले प्रतिष्ठानलाई वार्षिक एक लाख अक्षयकोष स्थापना गर्न दिने घोषणा गरे ।


कार्यक्रममा इनरुवाकी उपमेयर तथा कवि जमुना पोखरेल, कालिका तिम्सिना, टीका आत्रेय, विवश पोखरेल, बम देवानले आफ्नो रचना वाचन गरेका थिए ।


प्रकाशित : वैशाख ११, २०७५ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?