२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पूर्व प्रहरी अधिकृतको पुस्तक 

काठमाडौँ — नेपाल प्रहरीका एक पूर्वअधिकारीले सशस्त्र द्वन्द्वको संस्मरणात्मक पुस्तक लेखेका छन् । 

पूर्व प्रहरी अधिकृतको पुस्तक 

बेलायत बस्दै आएका पूर्वडीएसपी शिवजी श्रेष्ठको पुस्तक ‘द माओइस्ट इन्सर्जेन्सी इन नेपाल एन्ड इट्स इम्प्याक्ट अन द नेपाल पुलिस मोराल’ लाई डेनमार्कस्थित लाम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशन गरेको हो । उक्त पुस्तकलाई नेपालीमा पनि अनुवाद गरेर प्रकाशन गर्ने श्रेष्ठले जानकारी दिए ।


उक्त पुस्तकमा युद्धले नेपाल प्रहरीको मनोबलमा पारेको असरमाथि केन्द्रित रही अनुसन्धानमूलक एवं संस्मरणात्मक सामग्री प्रस्तुत गरिएको छ । दस वर्षे युद्धमा १ हजार ४ सय ८६ प्रहरीको ज्यान गएको थियो । करिब २ हजार ४ सय घाइते भएका थिए भने ११ हजार २ सय ८० जनाले असुरक्षाका कारण जागिर छाडेका थिए । लेखक श्रेष्ठ पनि जागिर छाड्न बाध्य भएकामध्ये एक हुन् । उक्त पुस्तकको मूल्य ४९.९० युरो (करिब ६ हजार ५ सय रुपैयाँ) राखिएको छ । यसलाई विभिन्न मुलुकमा बिक्री गरिने श्रेष्ठले जानकारी दिए ।


प्रकाशित : वैशाख १२, २०७५ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?