कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्व–अस्तित्वको खोज’ जर्मनमा

काठमाडौँ — अर्चना थापाद्वारा सम्पादित ‘स्व–अस्तित्वको खोज’ जर्मन भाषामा आएको छ । डा. योहाना बुस र डा. अलका आत्रेय चूडालले अनुवाद गरेको ‘आउफ देर सुखे नाख डेम आइगेनेन जाइन : फ्राउएन आउस नेपाल एरचेलेन’ अस्ट्रियाको राजधानी भियनामा बुधबार लोकार्पण गरिएको छ ।

‘स्व–अस्तित्वको खोज’ जर्मनमा

‘स्व–अस्तित्वको खोज’ मा नेपाली महिला लेखकका ३६ वटा आत्मपरक लेख भए पनि जर्मन अनुवादमा १२ लेख र केही कविता मात्र समेटिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा लिंडा क्राइसको जर्मन उपन्यास ‘डेर डेन मोंड त्र्याग्ट’ पनि सार्वजनिक गरियो । चित्रकार लिंडाको उक्त उपन्यासमा काठमाडौंवरपरकै कथावस्तु छ । दुवै पुस्तक जर्मनीस्थित द्रौपदी प्रकाशनले छापेको हो । लेखक राधा पौडेल, अष्ट्रियाका लागि राजदूत प्रकाशकुमार सुवेदीको समेत उपस्थिति रहेको कार्यक्रममा रुद्र चूडाल र उमेश खनालले नेपाली गीत गाएर मनोरञ्जन गराएका थिए ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?