कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नयाँ–पुराना स्रष्टा एकै ठाउँ

काठमाडौँ — कविता लेखेर मात्रै हुन्न, त्यसलाई सुनाउने उपयुक्त स्थान र दर्शक पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । मोफसलबाट छिरेका नयाँ कविहरूलाई राजधानीमा हत्तपत्त रचना सुनाउने थलो पाउन गाह्रो छ ।

नयाँ–पुराना स्रष्टा एकै ठाउँ

यस्तोमा पाँच वर्षअघि स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने) ले पुराना पुस्ताका कवि, गजलकारका साथै नयाँ कवि तथा गजलकारलाई समेत रचना सुनाउने स्थान दिन थाल्यो । यही सप्रनेले पाँचांै वार्षिकोत्सवको अवसरमा राजधानीमा विशेष कवि गोष्ठी गर्‍यो, जहाँ नयाँ र पुराना पुस्ताका कविले रचना सुनाए ।

वरिष्ठ रंगकर्मी तथा कवि अशेष मल्लले ‘विपक्षी गोलाद्र्धमा’ कविता सुनाउँदै गोष्ठीको सुरुवात गरे । त्यसपछि नवीनबन्धु पहाडी, उषा शेरचन, फूलमान वल, राधिका गुरागाईं, रामगोपाल आशुतोष, बिना थिङ तामाङ, सुनीता खनाल, देवकी अभिलाषी, सोझो गाउँले, गणेश भट्ट अणु, मणिराज सिंह, निर्भिकजंग रायमाझी, वेदनाथ ढकाल, रसिक राज र निशा धमलाले कविता सुनाए । नयाँ र पुराना पुस्ता जोड्न काम आफैंमा अर्थपूर्ण हुने दाबी गर्दै प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले ‘यस्ता गतिविधिले जेनेरेसन ग्याप हटाउन भूमिका खेल्ने’ बताए । प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले ४० वर्षअघि लेखेको ‘हरायो’ शीर्षकका कविता सुनाउँदै स्रष्टाका लागि सृजना प्रस्तुत गर्ने संस्थाको महत्त्व बढी हुने दाबी गरे ।

विश्वमा साहित्यिक इतिहास कविताबाटै सुरु भएको बताउँदै प्राज्ञ डा. ज्ञानु पाण्डेले संक्षिप्तमै मनको भाव पोख्न सकिने भएकोले कविता विधा लोकप्रिय बनेको बताइन् । सप्रनेले सातदिने छन्द प्रशिक्षण, उपत्यकाव्यापी कविता प्रतियोगिता, क्याम्पसस्तरीय कविता, गजल प्रतियोगिता र दुई वर्षदेखि प्रत्येक महिनाको तेस्रो शनिबार नियमित सृजना वाचन शृंखला चलाउँदै आएको सप्रनेकी अध्यक्ष अमृता स्मृतिले जनाइन् ।

प्रकाशित : वैशाख ३०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?