कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘एक सर्को’ मायाको समीक्षा

दाङ — युवा लेखक जीएस पौडेलको पहिलो उपन्यास ‘एक सर्को माया’ को तुलसीपुरमा समीक्षा गरिएको छ । पाठकले प्रेम, जीवन र दर्शनमा आधारित भएको उपन्यास प्रतिक्रिया दिए ।

‘एक सर्को’ मायाको समीक्षा

कवि दीपा धितालले उपन्यासमा प्रेमका साथै विभिन्न कथा आपसमा जेलिएकाले पढ्दै जाँदा नयाँ अनुभूति भएको बताइन् । लेखिका शारदा धितालले उपन्यासमा चुरोटलाई धेरै प्राथमिकता दिएको उल्लेख गर्दै लागूऔषध सेवन र प्रेमलाई समानान्तर दूरीमा राख्न खोजिएको धारणा व्यक्त गरिन् । विद्यार्थी राजेश कुँवरले समाजमा विद्यामान जातीय विभेदविरुद्ध सशक्त आवाज उठाउन उपन्यास सफल भएको बताए ।

बुलबुल प्रकाशनले प्रकाशित गरेको उपन्यासबारे टिप्पणी गर्दै रेडियो प्रस्तोता अच्यूत घिमिरले नेपाली उपन्यास जगतमा नयाँ प्रयोग भएको प्रतिक्रिया दिए । कार्यक्रमको सहजीकरण साहित्यकार वसन्त विवश आचार्यले गरेका थिए ।

उपन्यास समीक्षापछि आयोजित गजल साँझमा दर्जनभन्दा बढी स्रष्टाले प्रेम र सामाजिक विषयवस्तुमा आधारित गजल वाचन गरेका थिए । गजल साँझमा प्रतीक संग्रामी, विनोद गिरी, दीपा धिताल, शारदा धिताल, सुशील पुन विरही, कपिल लामिछाने, प्रभात गौतम, भावना न्यौपाने, रियाज आचार्य, प्रबल विष्ट, नवीन शर्मा र जिएस पौडेलले गजल वाचन गरे । कार्यक्रमको सहजीकरण गजलकार प्रीति प्रतीक्षाले गरेकी थिइन् ।

प्रकाशित : वैशाख ३१, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?