पाकिस्तानसँग प्रज्ञा प्रतिष्ठानको सम्बन्ध

काठमाडौँ — नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध त सन् १९६० को दशकमै जोडिएको थियो, तर साहित्यिक वा प्राज्ञिक रूपमा भने भर्खर जोडियो ।

पाकिस्तानसँग प्रज्ञा प्रतिष्ठानको सम्बन्ध

नेपाल प्रज्ञा प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच साहित्यिक आदानप्रदानका सम्बन्धमा आपसी समझदारीपत्र (एमओयू) मा आइतबार हस्ताक्षर गरिएको छ । पाँच वर्षको लागि सम्झौता गरिएको हो ।

प्रतिष्ठानको निमन्त्रणामा पाकिस्तान एकेडेमीका निर्देशक रासिद हमिदसहित दुई सदस्यीय प्रतिनिधिमण्डलको टोली नेपाल आएको छ । आइतबार समझदारी पत्रमा हस्ताक्षरसँगै अन्तर विमर्शको कार्यक्रम थियो । अन्य सार्क मुलुकसँग पहिले नै सम्झौता भइसकेको र अब पाकिस्तानसँग पनि गर्न पाएकोमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले खुसी व्यक्त गरे । उनले भने, ‘दुई देशका साहित्यकार, समाजशास्त्री लगायत एकअर्काका पुस्तकहरूसमेत आदानप्रदान गर्न मिल्यो । संयुक्त सम्मेलनहरू गर्ने योजना छ ।’

पाकिस्तानका राजदूत मजहर जावेदले कूटनीतिक सम्बन्धभन्दा पनि जनस्तरमा सम्बन्ध स्थापना गर्न सम्झौताले सघाउने बताए ।

उनले भने, ‘यो सम्बन्ध अरूभन्दा बलियो हुन्छ ।’ पाकिस्तानका एकेडेमीहरू स–साना भवनमा राखिएको उल्लेख गर्दै उनले प्रतिष्ठानको ठूलो भवन देखेर छक्क परेको समेत सुनाए ।

प्रकाशित : जेष्ठ १, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?