कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'अवतारको रुपमा मेरो जीवनयात्रा' लोकार्पण

काठमाडौँ — अवतारी साङ्पा रिन्पोछेको जीवनमा आधारित पुस्तक 'अवतारको रुपमा मेरो जीवनयात्रा' को सोमबार लोकार्पण भएको छ ।

'अवतारको रुपमा मेरो जीवनयात्रा' लोकार्पण

कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पुस्तकको विमोचन गर्दै सरल, इमान्दार र शान्तिपूर्ण जीवनयापनका लागि रिन्पोछेको पुस्तकले महत्वपूर्ण योगदान दिने बताए । उनले रिन्पोछेको जीवन अनुकरणीय रहेको समेत बताए ।



कार्यक्रममा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा व्यवस्था समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङ, हिमायन बौद्धविज्ञ डा. रमेश ढुंगेल, प्रा. डा. जगमान गुरुङ, डा. प्रेमसिंह बस्न्यात, डा. गणेशमान गुरुङलगायतले साङ्पा रिन्पोछेको योगदानका बारेमा चर्चा गरेका थिए ।


डोल्पामा जन्मेका साङ्पा रिन्पोछेको प्रारम्भिक शिक्षा पोखराबाट सुरु भएको थियो । भारतको बनारसीमा उच्च शिक्षा हासिल गरेका रिन्पोछेले विभिन्न गुम्बाको प्रमुख लामाको जिम्मेबारी समेत निर्वाह गर्दै आएका छन् ।


पोखराको ज्याङछुप छोलिङ गुम्बाको पुनर्निर्माण तथा संरक्षण गर्दै आएका उनले पोखराकै विक्रमशील बौद्ध अध्ययन केन्द्र, ङेदोन पल्बर लिङ ध्यान केन्द्र, मुस्ताङको थर्पा छ्योलिङ आनी गुम्बा, कीर्तिपुरस्थित काग्यूद बौद्ध अध्ययन केन्द्र र डुपग्यूद छोलिङ गुम्बा लुम्बिनीको निर्माण र संरक्षण गर्दै आएका छन् । पछिल्लो समयमा पोखराको काहुडाँडामा निर्माणाधिन धर्मकाया बुद्धमण्डलाको प्रमुख संरक्षकको रुपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् ।


उनी कर्म काग्यूद बौद्ध केन्द्र सिंगापुरका प्रमुख गुरु तथा संरक्षक पनि हुन् । पुस्तक साङ्पा फाउण्डेशनले प्रकाशन गरेको हो ।

प्रकाशित : जेष्ठ ७, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?