कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

उत्सवमय गुरुकुल

देवनारायण साह

मोरङ — रंगमञ्च र सिर्जनात्मक ज्ञानबीचको सम्बन्ध कस्तो हुन्छ ? आरोहण गुरुकुल विराटनगरमा आइपुग्ने जोकोहीले पनि सजिलै जवाफ भेट्टाउनेछन् । यहाँ चार दिनदेखि बाल नाट्य उत्सव चलिरहेको छ, जहाँ दिनमा झन्डै एक दर्जन नाट्य प्रस्तुति हुन्छ, त्यो पनि बालबालिका स्वयंले अभिनय गरेको ।

उत्सवमय गुरुकुल

सुमेरु कला सरोवरले गरेको अन्तरविद्यालय नाटक उत्सवमा माहोल यहाँ भिन्न देखिन्छ । विद्यार्थीलाई रंगमञ्चको प्रयोगात्मक ज्ञान दिने उद्देश्यले मोरङ जिल्लास्तरीय अन्तरविद्यालय नाटक उत्सव गरिएको हो, उत्सवमा जिल्लाका ९० वटा विद्यालयका बालबालिका नाटक क्लबहरू सहभागी छन् ।


सरोवरका अध्यक्ष सुवलमणि सापकोटाका अनुसार उत्सवको चौथो दिन सोमबारसम्ममा २९ वटा नाटक मञ्चन भइसकेका छन् । आइतबारसम्म जारी रहने उत्सवको निर्णायकमा लोकमणि सापकोटा, दिपेश भण्डारी र मुकेश कर्ण छन् । ‘९० नाटकमध्ये १० उत्कृष्ट नाटक छनोट गरेर पुरस्कृत गर्छौं,’ सापकोटाले भने, ‘५/५ जना अभिनेता, अभिनेत्री र ५/५ जना निर्देशक र लेखकलाई समेत छात्रवृत्ति प्रदान गर्नेछौं ।’

स्थानीय रामप्रसाद रेग्मीले उत्सव बालबालिका मात्र नभई अभिभावकका लागि पनि उत्तिकै प्रेरणादायी रहेको दाबी गरे । उत्सव अगाडि आयोजकले विराटनगरको पुष्पलाल चोक, शनिहाट र रानीमा, विराटचोक, उर्लाबारी, रंगेली, लेटाङमा रंगमञ्च प्रशिक्षण शिविर नै चलाएको थियो । नाटक उत्सवको उद्घाटन गर्दै वरिष्ठ रंगकर्मी अशेष मल्लले मोफसलमा ‘यस्तो प्रकृतिको रंगमञ्चीय जागरण आउनु निकै अर्थपूर्ण रहेको’ दाबी गरे ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?