२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बहुभाषी कवि गोष्ठी

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्तीका सन्दर्भमा बिहीबार बहुभाषिक कविगोष्ठी गरेका छन् ।

बहुभाषी कवि गोष्ठी

प्रतिष्ठानको प्रवचन कक्षमा संस्कृत, नेपाली, मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारू, गुरुङ, बान्तवा, सुनुवार, डोटेली, थुलुङ र अंग्रेजीमा २९ कविले कविता सुनाए ।

प्रा. मोहनप्रसाद लोहनी, कवि उषा शेरचन, विप्लव ढकाल, डा. रामप्रसाद ज्ञवाली, छम गुरुङ, प्रोल्लास सिन्धुलीय, धीरेन्द्र प्रेमर्षि, डा. देवी नेपाल, शशि लुमुम्बु, दुतेन्द्र चाम्लिङ, रामकृष्ण दुवाल, विजयध्वज थापा, मुक्तान थेबा, सुभास संगम राई, नरेन्द्रबहादुर श्रेष्ठ, बिना थिङ, हंसवती कुर्मी लगायतले युगकविलाई रचनामार्फत सम्झेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाले मुलुकका विविध जाति र समुदायका भाषासंस्कृति नै नेपाली बहुलताको विशेषता भएको र त्यसलाई युगकविले उति बेलै बुझेको बताए । युगकविका छोरा रविचरणले युगकविले रचनामा मातृभाषालाई पनि प्राथमिकता दिएको जनाए ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?