अमेरिकाबाट आठ किताब र दुई एल्बम

काठमाडौँ — साहित्य परिषद् भुटानले अमेरिकाको ओहायोमा हालै गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा आठ कृति तथा दुई गीति एल्बम विमोचन भएका छन् ।

अमेरिकाबाट आठ किताब र दुई एल्बम

शरणार्थी पुनर्बसोबासका क्रममा अस्ट्रेलिया पुगेका यतिराज अजनबी र शिवलाल दाहालद्वारा सम्पादित ‘समकालीन भुटानी नेपाली कथा’, कवि तुम्बेहाङ लिम्बूको कवितासंग्रह ‘किनाराको प्रश्न,’ प्रतिमान सिवाको कवितासंग्रह ‘म जयमायाको सन्तान’, गंगाराम लामीटारेको कवितासंग्रह ‘तरङ्ग’, हिमशिखरको गजल संग्रह ‘फूलको धार’, खगेन्द्र भण्डारीको कविता–गजलसंग्रह ‘सम्झनामा देश’, खेम रिजालको कवितासंग्रह ‘धूमिल जून’ र आभाष रिखामको कवितासंग्रह ‘प्रश्नहरूको पहाड’ सार्वजनिक भएका हुन् । यस्तै, मनोज राईको ‘श्रद्धाञ्जली’ र यतिराज अजनबीको गीति एल्बम ‘अजनवी’ पनि लोकार्पण गरिए ।


भुटानीहरू पुनर्वास भएपछि नेपाली भाषा र भाषी संकटमा परिरहेको सन्दर्भमा वक्ताहरूले नयाँ पुस्तामा नेपालीभाषा हस्तान्तरण गर्न आएको चुनौतीबारे बोलेका थिए । उक्त अवसरमा लामीटारेले ‘पुनर्वासपछि नेपाली भाषा : समस्या र चुनौती’, डा. लक्ष्मीनारायण ढकालले ‘भुटानको नेपाली भाषा–साहित्यिक आन्दोलनमा बनारसको योगदान’, खिम खतिवडाले ‘हाम्रो नेपाली भाषा’ र शिवलाल दाहालले ‘भुटानको नेपाली साहित्य : केही चिन्तन केही विचरण’ कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : असार ४, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?