कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

झाका मैथिली कथा

काठमाडौँ — लामो समयदेखि रंगकर्ममा क्रियाशील रमेश रञ्जन झाको योगदान मैथिली भाषा साहित्यमा पनि उत्तिकै छ । झन्डै डेढ दशकदेखि लेख्दै आएका कथाहरूलाई उनले संग्रहको रूप दिएका छन् ।

झाका मैथिली कथा

मैथिली नाटक, कविता र उपन्यासमा कमल चलाइसकेका उनको पहिलो कथाकृति ‘फुलवा हरण’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लोकार्पण गरे ।

ज्ञवालीले हरेक मातृभाषाका सिर्जना राष्ट्रको सम्पत्ति रहेको बताए । प्रा.डा. रामावतार यादवले मैथिली साहित्य सौन्दर्यको चर्चा गरे । पूर्वमन्त्री रामचन्द्र झा र प्रा.डा. वीरेन्द्र पाण्डेले मैथिली साहित्यमा रमेशको योगदानबारे बोले ।

प्रकाशित : असार ७, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?