डीआरका उपन्यास र एल्बम

काठमाडौँ — साहित्यकार डीआर उपाध्याय उपन्यास ‘अतिरिक्त’ र एल्बम ‘प्रणय’ सहित आएका छन् । यी कृति सञ्चारमन्त्री गोकुल बाँस्कोटा, वरिष्ठ संगीतकर्मी प्रेमध्वज प्रधान, दीपक जंगम र बुलु मुकारुङ, वरिष्ठ गीतकार दिनेश अधिकारी लगायतले सार्वजनिक गरे ।

डीआरका उपन्यास र एल्बम

एल्बममा ६ गीत छन् : ‘कसले भन्छ...’, ‘तिमी बिना...’, ‘आउ नआऊ...’, ‘आफ्नै छायाले...’, ‘हाम्रो मधुर मिलन...’ र ‘चौबन्दी चोली...’ । सागर अधिकारी ‘शरद’ को संगीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, रामचन्द्र काफ्ले, मेलिना राई, मिलन अमात्य, सुरेश लामाको स्वर सुन्न सकिन्छ । डीआरले भने, ‘एल्बममा मैले सबै स्वादका गीत समेट्ने प्रयास गरेको छु ।’

‘अतिरिक्त’ डीआरको सातौं कृति हो । यसअघि उनका ‘अपवित्र छाया’, ‘बिटुली’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’ र ‘वज्रघात’ निस्किसकेका छन् ।

प्रकाशित : असार ११, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?