‘दमक सम्मान’ झमक घिमिरेलाई

अर्जुन राजवंशी

दमक — प्रसिद्ध साहित्यकार झमककुमारी घिमिरे सम्मानित भएकी छन्  । उनलाई यस वर्षको ‘दमक सम्मान’ बाट सम्मान गरिएको हो ।

‘दमक सम्मान’ झमक घिमिरेलाई

दमक पब्लिक लाइब्रेरी र हिमालय बोर्डिङ स्कुलले बिहीबार संयुक्त रुपमा घिमिरेलाई सम्मान प्रदान गरेका हुन् । घिमिरेलाई प्रदेश १ का सांसद अर्जुन राईले नगद १५ हजार ५ रुपैयाँ र ताम्रापत्र प्रदान गरे ।


लाइब्रेरीले पूर्वमा रहेर समाजमा विशिष्ठ योगदान पुर्‍याउने व्यक्तिलाई प्रत्येक वर्ष ‘दमक सम्मान’ प्रदान गर्दै आएको छ । विशेषगरी युवा पुस्ताका लागि घिमिरेको योगदान प्रेरणादायी रहेकाले यस वर्षको दमक सम्मान उनलाई प्रदान गरेको लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले बताए । शारीरिक रुपमा अपांगता भए पनि नेपाली साहित्यलाई विश्वसामू चिनाउन घिमिरेको अतुलनीय योगदान रहेको न्यौपानेले बताए ।


घिमिरेद्वारा लिखित उपन्यास ‘जीवन काँडा कि फूल’ ले मदन पुरस्कार प्राप्त गरिसकेको छ । सम्मान ग्रहण गर्न आमा आशादेवी र झमक घिमिरे साहित्य प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंले साहित्यकार घिमिरेलाई दमक लिएर आएका थिए ।

प्रकाशित : असार १४, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?