कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालभाषा पुरस्कार

काठमाडौँ — नेपालभाषा परिषद्ले कविकेशरी चित्तधर हृदयको ११२ औं जन्मजयन्ती अवसर पारेर छ सर्जकलाई सम्मानित गरेको छ ।

नेपालभाषा पुरस्कार

राजधानीमा राजधानीमा आयोजित समारोहमा कथाकार यज्ञरत्न धाख्वा:लाई भाषाथुवा:, कवि योगेन्द्र प्रधानलाई चित्तधर पुरस्कार, नियात्राकार डा. पुष्पराज राजकर्णिकारलाई ठाकुरलाल पुरस्कार, कथाकार लोचनतारा तुलाधरलाई मोतीलक्ष्मी पुरस्कार, प्रबन्ध लेखक मोतीलक्ष्मी शाक्यलाई पूर्णहीरा पुरस्कार र कथाकार अनिता तुलाधरलाई केशवलाल कथा पुरस्कार प्रदान गरियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्रष्टाहरूलाई पुरस्कार हस्तान्तरण गरे ।

प्रकाशित : असार २९, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?