१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रा. पोखरेललाई यात्री वाङ्मय

काठमाडौँ — पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले यसपालिको यात्री वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई प्रदान गर्ने भएको छ ।

प्रा. पोखरेललाई यात्री वाङ्मय

नेपाली भाषासाहित्यको विकास र विस्तारमा अतुलनीय योगदानका लागि साहित्यकार पोखरेललाई पुरस्कृत गर्न लागिएको केन्द्रका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले बताए । ५१ हजार रुपैयाँ रहेको उक्त पुरस्कार यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिसकिएको छ ।

यसैगरी, केन्द्रले निर्मला पौडेललाई यात्री विद्या पदकद्वारा सम्मानित गर्ने भएको छ । यात्रीबारे खोज–अनुसन्धान गर्ने शोधार्थीलाई दिइने उक्त पदक यसअघि लक्ष्मी सुवेदीलाई प्रदान गरिएको थियो । सबै सम्मान साउन पहिलो साता राजधानीमा हस्तान्तरण गरिने डा. नेपालले जानकारी दिए ।

प्रकाशित : असार ३०, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?