कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धुर्मुस–सुन्तलीलाई भानु पुरस्कार

काँकडभिट्टा — भानु साहित्यिक प्रतिष्ठान, मेचीनगरले धुर्मुस–सुन्तली फाउन्डेसनलाई भानु पुरस्कार प्रदान गरेको छ । १ लाख १ हजार राशिको पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले हस्तान्तरण गरे ।

धुर्मुस–सुन्तलीलाई भानु पुरस्कार

२०५ औं भानुजयन्ती अवसरमा शुक्रबार यहाँ अन्य प्रतिभाहरूलाई समेत सम्मान गरियो ।कृष्ण–पवित्रा उप्रेती प्रष्ठिानद्वारा स्थापित २५ हजार राशिको धनमाया–देवकुमारी–प्रजापती उप्रेती पत्रकारिता पुरस्कार पत्रकार राजु अधिकारीलाई, हेमराज–मेदनी खरेल प्रतिष्ठानद्वारा स्थापित २५ हजार रुपैयाँको साहित्यिक पुरस्कार प्रगतिशील लेखक संघका झापा अध्यक्ष राजेन्द्र संग्रौलालाई र गायक जेठा मुर्मुलाई १५ हजार राशिको प्रतिभा पुरस्कार प्रदान गरियो । इन्जिनियर रुद्र मैनालीलाई सम्मान पनि गरियो ।

प्रकाशित : असार ३१, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?