कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात स्रष्टालाई प्रतिभा

मोरङ — प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने साता स्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले २०७४ को प्रतिभा पुरस्कार महाकाव्यकार प्रा. मोहनप्रसाद भण्डारीलाई अर्पण गरेको छ ।

सात स्रष्टालाई प्रतिभा

लीलानाथ–विश्वमञ्जरी प्रतिभा पुरस्कार संस्कृतिविद् डा. जगमान गुरुङ, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार अनुसन्धाता डिल्लीराम मिश्र, दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । सबै पुरस्कारमा जनही ५० हजार रुपैयाँ छ ।

यस्तै, २१ हजार राशिको विराटलक्ष्मी पुरस्कार निबन्धकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिएको छ । १५ हजार राशिको षडानन्द प्रतिभा पुरस्कार कथाकार रीता ताम्राकार र अश्विनी कोइरालालाई संयुक्त रूपमा प्रदान गरिएको छ । उनीहरूलाई भाषाशाास्त्री प्रा. बालकृष्ण पोखरेल र प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले संयुक्त रुपमा माला लगाएर नगद र सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिष्ठानले हालसम्म ५० भन्दा बढी रचनात्मक ग्रन्थ प्रकाशित गरिसकेको छ भन ६८ जनालाई पुरस्कृत र सम्मानित गरिसकेको सचिव कविराज न्यौपानेले बताए । कार्यक्रममा कवि कल्पना काफ्लेले कविता वाचन गरिन् । प्राज्ञ विवश पोखरेल, पुरस्कृतहरूका तर्फबाट डा. जगमान गुरुङ, भाषाशास्त्री बालकृष्ण पोखरेल, प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदी, सहसचिव दिङ्लाली कान्छोलगायतले बोलेका थिए ।

प्रकाशित : असार ३१, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?