कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आमोदी र अधिकारी पुरस्कृत

पुरस्कार

चितवन — २०५ औं भानुजयन्तीको अवसर पारेर चितवन साहित्य परिषद् (चिसाप) ले साहित्यकारहरूलाई पुरस्कृत गरेको छ । ५० हजार रुपैयाँसहितको चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार केशवराज भट्टराई ‘आमोदी’ ले प्राप्त गरेका छन् ।

आमोदी र अधिकारी पुरस्कृत

११ हजार रुपैयाँ रहेको चिसाप प्रतिभा पुरस्कार पूर्णप्रसाद अधिकारीलाई प्रदान गरिएको छ ।

चिसाप अध्यक्ष सुरेन्द्र अस्तफलका अनुसार, आमोदीलाई ‘उषा अनिरुद्र’ पौराणिक महाकाव्यका लागि पुरस्कृत गरिएको हो । उक्त पुरस्कार गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष जीवा लामिछानेले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन् । चिसापले २०७० यता भानुजयन्तीका दिन यो पुरस्कार दिन सुरु गरेको हो ।

प्रकाशित : असार ३१, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?