कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

न्यौपानेको अभिभावक केन्द्रित पुस्तक बजारमा

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको पुस्तक ‘स्कुल बेच्ने बालक’ बजारमा आएको छ । अभिभावकलाई केन्द्रित गरेर लेखिएको यो पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो ।

न्यौपानेको अभिभावक केन्द्रित पुस्तक बजारमा
प्रारम्भिक बाल्यककालका बच्चाहरुको मनोविज्ञान अध्ययन गरेर पुस्तक लेखेको प्रकाशकले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

‘बालबालिकाको संवेग माथि लेखिएको हो यो पुस्तक,’ शिखा बुक्सका पुष्पराज पौडेलले विज्ञप्तीमा भनेका छन्, ‘ बालबालिका अपार संभावनाको खानी हुन् । ती संभावनालाई प्रस्फुटित गराउने चूनौती हरेक अभिभावक, शिक्षकको हो । विश्वव्यापीकरण र बजारमुखि व्यवस्थाले यो चूनौतीलाई सहज बनाउन सघाएको छ । एकातिर सहज बनाउन सघाएको छ भने अर्काेतिर शिक्षा क्षेत्रमा केही वर्ष यता देखिएको जागिर केन्द्रित शिक्षा पद्धतीले बालापन नै गुम्ने खतरा देखिएको छ । यही सन्दर्भमा लेखक न्यौपानेले लेखेको यो पुस्तकमा लालनपालन (प्यारेन्टिङ) का सुक्ष्म, मनोविश्लेषणात्मक र व्यवहारिक विषयलाई विस्तृत रुपमा छलफलमा ल्याइएको छ ।’

पुस्तकले बालबालिकालाई व्यवहार असल तरिकाले हुर्काउन उनीहरुका कुरा सुन्ने, बुझेर व्यवहार गर्नेले उनीहरुलाई सहभागी गराएर व्यवहार गर्नु नै लालनपालनको उपयुक्त तरिका भएकोमा जोड दिएको प्रकाशनले जनाएको छ ।

बालकको आंकाक्षा, दया, माया, करुणा, प्रेम, रिस, आवेग जस्ता संवेगमाथि सुक्ष्म तरिकाले उठाइएकोले यो पुस्तकले लालनपालन शिक्षाको महत्वबारे बहस चलाउने अपेक्षा गरिएको छ ।

प्रकाशित : श्रावण १, २०७५ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?