कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

परशुरामका चार कृति

काठमाडौँ — परशुराम तामाङका अनेक व्यक्तित्व छन् । आदिवासी अधिकारकर्मी, राजनीतिज्ञ, लेखक एवं प्राध्यापक । संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका पूर्वसदस्य तामाङले चार पुस्तक सार्वजनिक गरेका छन् ।

परशुरामका चार कृति

सैलुङ बुक्सले छापेका ‘तामाङ जाति’, ‘तामाङ संस्कार’, ‘ताम्बा काअीतेन’ र ‘तामाङ वंशावली’ को भाषाविद् अमृत योञ्जन, मानवशास्त्री डा. मुक्तसिंह लामा, संस्कृतिविद् रवीन्द्र ग्याबा तामाङ लगायतले राजधानीमा हालै लोर्कापण गरे । भाषाविद् योञ्जनले लेखक तामाङलाई पछिल्लो पटक लेखनतिर भन्दा राजनीतितिर लागेको भन्दै ‘राजनीति छोडेर लेखनमै आउन’ सुझाए ।

तामाङका कृति ‘तामाङ जाति’ मा तामाङ समुदायको उत्पत्ति, पहिचान, इतिहास, सामाजिक संरचना, अर्थतन्त्रदेखि भाषा र लोक साहित्यसम्म समेटिएको छ । ‘तामाङ वंशावली’ मा विभिन्न थरको उत्पत्ति, थातथलोबारे उल्लेख छ । ‘ताम्बा काइतेन’ मा तामाङ समुदायमा प्रचलित ताम्बा दर्शन, संस्कृति आदिबारे लेखिएको छ । ‘तामाङ संस्कार’ मा भने तामाङ समुदायका तीन वटा सांस्कृतिक संस्था बोन्बो (झाँक्री), लामा र ताम्बाको महत्त्व दर्साइएको छ ।

डा. लामाले तामाङका कृतिहरू निकै सान्दर्भिक रहेको दाबी गरे । ग्याबा तामाङले नयाँ सन्दर्भमा परशुरामका कृतिहरू उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?