१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नरेशका कथा

काठमाडौँ — नरेश नाति कथासंग्रहसहित आएका छन् । ‘देश बिर्सेर’ राजधानीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले लोकार्पण गरे ।

नरेशका कथा

काइँलाले नरेशका कथाहरूमा डायस्पोरिक चिन्ता पाइने बताउँदै प्रस्तुति शैली सरल र सम्प्रेषणीय रहेको दाबी गरे । कवि गोपाल पराजुलीले नरेशले सैनिक जीवन बिताइहेको भए पनि लेखनमा निरन्तर योगदान दिनु ठूलो कुरा रहेको बताए ।

प्राज्ञ मातृका पोखरेलले लाहुरे समुदाय र वैदेशिक रोजगारीमा गएका श्रमिक वर्गका मनोविज्ञान पनि कथाहरू पाइने टिप्पणी गरे । प्राज्ञ श्रवण मुकारुङले रचनामा स्पेस र टाइमको विशेष महत्त्व हुने उल्लेख गर्दै नरेशका कथामा ती विशेषता पाइने धारणा राखे । महेश पौडयालले नरेशका कथाहरू सत्यको नजिक भएको दाबी गरे ।

नेपाली वाङ्मय परिषद् तथा नेपाली प्रतिभा प्रतिष्ठानले गरेको कार्यक्रममा कथाकार नरेशले ‘अफगानिस्तानमा खटिएको बेला दोस्रो विश्वयुद्धमा मारिएका गोर्खालीहरूको चिहानमा पुगेपछिको पीडा र संवेदनाले लेखनका लागि अभिप्रेरित गरेको’ सुनाए । वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले नरेशको लेखनमा मानवीय संवेदनाको प्रचूरता पाइने दाबी गरे ।

प्रकाशित : श्रावण ५, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?