कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदित्य पनि पुस्तक लिएर

काठमाडौँ — कसैले नपढाईकनै आश्चर्यजनक रूपमा नेपाली, अंग्रेजीलगायत विभिन्न भाषामा लेखपढ गर्न थालेका बालक आदित्य दाहाललाई भविष्यवेत्ताका रूपमा पनि धेरैले चिन्दै आएका छन् । अब भने आठ वर्षीय उनको परिचय लेखकका रूपमा समेत थपिएको छ ।

आदित्य पनि पुस्तक लिएर

‘आज ठूलो आश्चर्य भइरहेको छ,’ शनिबार आदित्यको पुस्तक ‘कलियुगको आदित्य ज्योतिपथ’ विमोचन गरिसकेपछि शताब्दी पुरुष सत्यमोहन जोशीले भने, ‘लेखपढै नगरी, कसैले सिकाउँदै नसिकाई यत्तिको गहिरो पुस्तक यो कलिलो उमेरमा नेपालमा मात्रै होइन, संसारमै कहीँ पनि कसैले आजभन्दा अघि निकालेको थिएन । पत्याऊँ भने पत्याईनसक्नुको कुरा छ, नपत्याऊँ, सबै घटना आफ्नै अगाडि भइरहेको छ ।’

जोशीलाई मात्रै होइन, उनका शुभेच्छुक र उनको व्यक्तित्वप्रतिका जिज्ञासुहरूले भरिएको हलमा उपस्थित सबैलाई यस्तै आश्चर्यको अनुबोध भइरहेको थियो । ‘म एक भौतिक विज्ञानको विद्यार्थी हुँ जसले चमत्कार र आलौकिक शक्तिको विश्वास गर्दैन,’ पुस्तक विमोचनका क्रममा बोल्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भने, ‘तर आदित्यजीको यो ज्ञान, जीवन र पुस्तक म र मजस्तैका लागि ठूलो चुनौती पनि हो र प्रश्न पनि ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी ओलीले आदित्यको जीवन आफैंमा आश्चर्यले भरिएको कुरो गरे । ‘हामीले जे थाहा पाउँछौं त्यो मात्रै सत्य हो भन्यौं भनेचाहिँ आदित्यजीको जीवन र ज्ञानमा हामीलाई प्रश्न गर्न मन लाग्छ,’ उनले भने, ‘तर विज्ञानले थाहा नपाएको सत्य थाहा पाएको सत्यभन्दा धेरै गुणा ठूलो छ । त्यसैले उहाँले गुरुबिनै पाउनुभएको ज्ञान र शिक्षकबिनै पाउनुभएको शिक्षा अद्भुत छ । यसमा प्रश्न होइन, आश्चर्य र रहस्य छ ।’

प्रकाशित : श्रावण ६, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?