रिजाललाई अरुण स्मृति

काठमाडौँ — गायक अरुण थापाको १९ औं स्मृति दिवसको अवसरमा गीतकार राजेन्द्र रिजाललाई सम्मान गरिएको छ । थापाले गाएको ‘ऋतुहरूमा तिमी...’ का रचनाकारसमेत रहेका रिजाललाई रागरागिनी इन्टरटेन्मेन्ट, विनीता कला प्रतिष्ठान र भक्तपुर सांगीतिक समाजले ‘अरुण थापा स्मृति सम्मान’ प्रदान गरेका थिए ।

रिजाललाई अरुण स्मृति

समारोहमा विभिन्न गायकगायिकाले अरुणका गीत गाएर स्मरण गरे । उनले गाएको एक मात्र भजन ‘तिमी राम राम भजी बाँच...’ मार्फत कार्यक्रम सुरु गरिएको थियो ।

यसलाई बद्रीनारायण ताम्रकारले गाएका थिए । यसपछि ‘करोडौं मुटुहरूको माझ...’ प्रस्तुत गरिएको थियो । समारोहमा अजर जंगम, आयुष केसी, लक्ष्मण पलिखेल, विमला पन्थी, प्रवीन शाही, कपिल कसपाललगायतले अरुणका गीत गाएका थिए ।

प्रत्यक्ष वाद्यवादनमा उनीहरूले ‘ऋतुहरूमा तिमी...’, ‘चोट के व्यथा के हो...’, ‘म रोए पनि तिमी...’, ‘मेरा गीत सबै तिमीलाई...’ गरी झन्डै दुई दर्जन गीत सुनाउन भ्याए । ‘शुभारम्भ द म्युजिकल जर्नी’ शीर्षकको कार्यक्रममा बाल गायक अधिश्री कसपालको स्वरमा रेकर्ड गरिएको अरुणको गीत ‘चोट के हो...’ सार्वजनिक गरिएको थियो ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?