नौ प्रतिभालाई नवरत्न

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले नवरत्न पुरस्कार घोषणा गरेको छ । अभिनेत्री मनीषा कोइराला, गायिका हरिदेवी कोइराला, स्रष्टाहरू उन्नति बोहोरा शिला, पुनम काफ्ले र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षत्री र कला खरेल तथा रंगकर्मी सम्पदा मल्ललाई पुरस्कृत गरिने अनेसासले जनाएको छ ।

नौ प्रतिभालाई नवरत्न

नवरत्न पुरस्कार नेपाली भाषा, साहित्य, संगीत, समाजसेवा, कला र व्यवसायमा संलग्न नौ महिला प्रतिभालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएको छ । पुरस्कारमा २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ ।


त्यस्तै, जापान बसेर लामो समयदेखि सितारवादनमा क्रियाशील सुषमा ओमातालाई अनेसास नवरत्न विशिष्ट साधक सम्मान र बाल साहित्यमा समर्पित विमला निरौलालाई अनेसास बाल साहित्य सम्मान दिइनेछ ।

प्रकाशित : श्रावण ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?