कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूर्तिकलाको इतिहास

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली मूर्तिकलाको इतिहास र शैली, परम्परा, महत्त्वको विश्लेषण गर्दै कला समीक्षक मुकेश मल्लले पुस्तक निकालेका छन् ।

मूर्तिकलाको इतिहास

‘नेपाली समसामयिक मूर्तिकलाको ऐतिहासिक रूपरेखा’ मा उनले मूर्तिकलाको इतिहासलाई समसामयिक, आधुनिक र उत्तरआधुनिक खण्डमा विभाजन गरेर व्याख्या गरेका छन् । ‘मूर्तिमा देखिएको लक्षण र स्वभावलाई हेरेर विभाजन गरेको हुँ,’ उनले भने, ‘यसमा सबै मूर्तिकार नसमेटिएका होलान् । सकेसम्म विभिन्न कालखण्डमा विशेष योगदान दिएर मूर्तिकलामा नयाँ आयाम भित्र्याउनेहरूलाई छुटाएको छैन ।’

मल्लका अनुसार नेपालीमा अभिलेखन संस्कारको कमी छ, कलाको विषयमा लेख्न मन लाग्यो भने सूचना पाउने ठाउँ छैन । विदेशबाट कन्टेम्पोररी आर्टमा पीएचडी, मास्टर गर्न आउने गरेका विद्यार्थीहरूले समेत गुनासो गर्ने गरेको उनले सुनाए ।

तीसको दशकदेखि कला क्षेत्रमा कलम चलाउन सुरु गरेका मल्लको यो एघारौँ कृति हो ।

प्रकाशित : श्रावण १०, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?