कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अलगको साउन शृंखला

कान्तिपुर संवाददाता

ललितपुर — हरेक महिना संगीत र साहित्यको फयुजन शृंखला चलाउँदै आएको अलग अभियानले साउन शृंखलामा संगीतकार किरण कँडेल र कवि फूलमान वललाई प्रस्तुत गर्‍यो ।

अलगको साउन शृंखला

सातदोबाटोस्थित अलग आर्ट हबमा भएको शृंखलामा संगीतकार कँडेलले आफ्नो सफलताको कथासँगै आधा दर्जन गीत सुनाए । कँडेलले अग्रजहरूको संगतकै कारण आफू सांगीतिक क्षेत्रमा आएको बताए । सयौं गीतको संगीत संयोजनसमेत गरेका कँडेलले आधा दर्जन एल्बम ल्याइसकेका छन् ।


त्यसैगरी कवि वलले ‘इन्द्रेणी गीत’, ‘भुइँचालो’, ‘आजका मान्छे’, ‘शीतलहर’, ‘भ्यालेन्टाइन डेको गीत’, ‘न्युज’ लगायतका कविता सुनाए । यसबाहेक कवि रिमा केसी, सरोज अधिकारी, प्रेमिला राई र विष्णु संन्यासले पनि एक–एक कविता सुनाए भने रेवत राई र कर्ण लामाले गीत सुनाउँदा वाद्यवादनमा मण्डल साम्पाङ र यमकुमार समालले साथ दिए ।

कार्यक्रममा साङदेन बान्तावाको शब्दलाई भीमसेना राईको संगीतमा अब्राहम सम र नानु थापा मगरले विशेष प्रस्तुति दिएका थिए, जसमा अविनाश भट्टराईले कविताका टुक्राहरू मिसाएका थिए ।

प्रकाशित : श्रावण १६, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?