कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संजिताका गजल

कान्तिपुर संवाददाता

काठमाडौँ — संजिता देउजा पहिलो गजल एल्बमसहित आएकी छन् । ‘मेरो गजल तिम्रो लागि’ राजधानीमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल, उन्नति बोहरा शीला, गजलकार ज्ञानुवाकर पौडेल र मेरिना स्मृतिले सार्वजनिक गरे ।

संजिताका गजल

बरालले एल्बम उत्कृष्ट संकलनका रूपमा आएको दाबी गरे । ‘संजिताले गजल लेख्न थालेको समय महिला गजलकार निकै कम थिए,’ पौडेलले भने, ‘लामो समयपछि एल्बमसहित स्वागत गर्न पाउँदा खुसी छु ।’


एल्बममा आठ गजल छन् : ‘तिम्रो लागि...’, ‘छ अझै...’, ‘जवाफ यौटा...’, ‘दैवको हातमा...’, ‘कुनै बेला म...’, ‘एक मानिस...’ लगायत । सत्य–स्वरूपले संगीत गरेका गजलमा सत्यराज, स्वरुपराज र दीपक थापाको स्वर सुन्न सकिन्छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?