अब यस्तो कविता लेखियोस्...

कान्तिपुर संवाददाता

चितवन — भरतपुरको डबली क्याफेमा शनिबार साँझ चितवनका स्थापित र नयाँ कविहरू जुटेका थिए । कविताले फासीवादी चिन्तनविरुद्ध आवाज उठाइरहेका थिए ।

अब यस्तो कविता लेखियोस्...

ए मानिस, तँ के मानिस
मानिसकै बस्तीमा बम हानिस्...

कवि राजेन्द्र घायलले लोकलयमा सुनाएको कवितापंक्तिले शक्ति र सत्तालाई दुरुपयोग गर्नेहरूविरुद्ध खबरदारी गर्दै थियो । शक्ति पाएर सामान्य व्यक्ति र समुदायमाथि थिचोमिचो गर्नेहरूविरुद्ध शब्दशक्ति देखाए उनले—

अब यस्तो कविता लेखियोस्
त्यसको तागत विश्वमा देखियोस्...

मन्थनद्वारा डबलीमा आयोजित कार्यक्रममा रेशम विरही, प्रकाश चापागाईं, गणेश श्रवणसहित २४ जनाले रचना वाचन गरे । कवि सरिता तिवारीले भनिन्, ‘सैन्यवादी हैकमका विरुद्ध विश्वमा कविता सुनाउने अभियान चलेको छ । सन् २०११ मा विश्वका आठ कविले सुरु गरेको थिचोमिचोविरोधी काव्य अभियानमा हामी पनि सामेल भएका हौं ।’

प्रकाशित : श्रावण २१, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?