कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

झरीमा गजल

कान्तिपुर संवाददाता

लेखनाथ — बाहिर पानी दर्किरहेको छ । भित्र सुमन स्मारिका अविराम गजन वाचन गरिरहेकी छन् । पोखरामा शनिबारको साँझ झरी र गजलको सम्मिश्रणले महफिल जमायो । पुछारसिटे अभियानले गजलकार स्मारिकालाई एकल वाचनमा उभ्याएको थियो ।

झरीमा गजल

माया, प्रेम, धोका, जालझेल, छलकपट र बाध्यतालाई बिम्बात्मक शब्द लहरमा उनेर उनले गजल सुनाइन् ।

हरेक रात ऊ आँसु चुहाउँदो रहेछ
कारण कोही दुखाउन आउँदो रहेछ...

उनका कतिपय गजलमा पश्चात्ताप थियो । आफैंतिर औंला
ठड्याइएको थियो । कुसंस्कारप्रति रोष थियो । कायरहरूप्रति व्यंग्य थियो । राजनीति र अपराध जोडिएर कसरी देश खोक्रो भइरहेछ भन्ने उनले गजलमार्फतै बोलिन् ।

प्रयास गजल मञ्च टीकापुर कैलालीकी संस्थापक अध्यक्ष उनी पहिलोपल्ट गजल सुनाउन पोखरा झुल्किएकी हुन् । हाल राजधानीलाई कार्यक्षेत्र बनाइरहेकी गजलकारलाई पोखरेली श्रोताले राम्रै साथ दिए । उनले एक घण्टामा दुई दर्जन गजल प्रस्तुत गरिन् ।

पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले सिर्जनशील मानिस प्राय: पुछार सिटमै भेटिने भएकाले त्यसैबाट प्रेरित भएर अभियान थालनी गरेको सुनाए ।

प्रकाशित : श्रावण २१, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?