एक करोड गीता

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वमै सर्वाधिक आध्यात्मिक पुस्तक प्रकाशन गर्ने भारतको गोरखपुरस्थित गीता प्रेसले नेपाली भाषामा ‘श्रीमद्भागवद्गीत र सरल गीता’ १ करोडप्रति छापेर देशभर वितरण गर्ने अभियान सुरु गरेको छ ।

एक करोड गीता

आध्यात्मिक ज्ञान बढाउनेलगायतका उद्देश्य राखेर गीता प्रेस र काठमाडौंस्थित गीता प्रेस सेवा केन्द्रले ‘प्रत्येक नेपालीको घरघरमा श्रीमद्भागवद्गीत र सरल गीता हाम्रो अभियान’ थालेको हो । ग्रन्थका अनुवादक तथा संयोजक वासुदेव कृष्ण शास्त्रीका अनुसार नेपालमा गीता प्रेस पुस्तक बिक्री केन्द्र स्थापना भएको २ वर्ष पूरा भएको अवसरमा यस्तो अभियान ल्याइएको हो ।

‘समाजमा विचलन, दुराचार र थुप्रै समस्या बढदै गइरहेकाले आध्यात्मिक ज्ञान बढाउन प्रत्येक नेपालीको हातहातमा गीता पुर्‍याउने अभियान सञ्चालन गरिएको हो,’ शास्त्रीले भने । यी दुई पुस्तकको हालै पशुपति क्षेत्रमा पशुपति मन्दिरका मूल भट्ट रावल गणेश भट्ट, गीता प्रेसका प्रधान सम्पादक डा. लालमणि तिवारी, केन्द्रका संस्थापक अध्यक्ष जय किसन सारडा लगायतले लोकार्पण गरेका थिए ।


पहिलो चरणमा ३० हजार प्रति छापिएको केन्द्रले जनाएको छ । संयोजक शास्त्रीले देशभरका विद्वान् र गुरुहरुमार्फत ४ वर्षभित्र १ करोड ग्रन्थ वितरण गरिने बताए ।

प्रकाशित : श्रावण २५, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?