कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विश्व नेपाली साहित्य सम्मेलन

कान्तिपुर संवाददाता

लन्डन — ‘नेपाली (खस जुम्ली) भाषा र देवनागरी लिपिमा लेखिएको साहित्य नेपाली पहिचान र प्रतिष्ठा भइसकेकाले यसको श्रीवृद्धिको निम्ति हरप्रकारका कार्य गर्ने प्रतिबद्धता’ लगायत आठबुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्यको दोस्रो सम्मेलन मंगलबार समापन भएको छ ।

विश्व नेपाली साहित्य सम्मेलन

बेलायतको क्यान्टबरी युनिभर्सिटीमा आयोजित सम्मेलनको घोषणापत्रमा नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाइएको छ ।

विश्व नेपाली साहित्य महासंघ र नेपाली साहित्य विकास परिषदको सहआयोजन रहेको सम्मेलनमा नेपालबाट कवि तुलसी दिवस, लेखक खगेन्द्र संग्रौला, प्रा. नोबलकिशोर राई तथा समालोचक प्रा. गोविन्दराज भट्टराई विशेष अतिथिका रूपमा सहभागी थिए ।

सम्मेलनमा जर्मन प्राध्यापक बी सेन्लरले ‘पल्पसा क्याफे उपन्यास र बुद्धत्व’ शीर्षक कार्यपत्र पेस गर्दै यो उपन्यासमा पात्र–प्रवृत्तिको विविधता रहेको बताएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?